संसदमा प्रभु शाहकाे प्रश्नः वकिलहरुलाई कानून लाग्छ कि लाग्दैन ?

रिपोर्ट नेपाल | 2023 Jul 16 | 04:05 pm 1601

काठमाडौं,  असार ३१ : स‌ंघिय सांसद प्रभु शाहले कानुन व्यवसायीहरूले मनपरी शुल्क लिने गरेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् शाहले कानुन व्यवसायीले मनपरी शुल्क असुलीरहदा  पनि सरकार किन मौन भन्दै प्रश्न गरेका छन् ।

‘अरुलाई कानुन सिकाउने न्यायको पैरवी बहस गर्ने अरुमाथि प्रश्न उठाउने वकिलहरूलाई कानुन लाग्छ कि लाग्दैन ? वकिलहरु जबाफदेही हुनुपर्छ कि पर्दैन । आज देशमा वकिलहरूले मनपरी शुल्क लिने गरेका छन् ,’उनले भने,’ वरिष्ठ वकिलहरुले बहस गर्दा झण्डै पाँच लाखदेखि १० लाख रुपैयाँसम्म लिएको सुन्छौं ।’

गरिबले बहसका लागि वरिष्ठ वकिल राख्नै नसक्ने स्थिती आएको उनको भनाइ छ। शाहले भने,‘शुल्क यसरी मनपरी राख्न दिने हो कि होइन । बस भाँडा पनि सरकारले नियमन गरिरहेको छ  । वकिलहरूले बहस, लेखन,परामर्शमा कति पैंसा लिने त्यसको न्यूनतम र अधिकतम तोकिनुपर्ने हो कि होइन ? यसबारे सम्बन्धित मन्त्रालयको विशेष ध्यान जाओस् ।’

कानुन व्यवसायीहरु आजकल मुद्दाको ठेक्का लिने गरेको बताए । शाहले भने,‘ मुद्दाको ठेक्का लिएर हार्‍यो भने मुद्दाको क्षतिपूर्ति तिर्नुपर्ने हो कि होइन । आलु प्याजमा कर लिने सरकारले करोडौं कमाउने वकिलको कर लिनुपर्दैन । ’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.