संसदको दोस्रो बैठक पनि कांग्रेसद्वारा अवरुद्ध

| 2018 Jul 16 | 04:13 pm 4483

काठमाडौं, असार ३२ : प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ । सरकार अनसनरत डाक्टर गोविन्द केसीको माग र उनको स्वास्थ्यप्रति गैरजिम्मेवार ढंगले प्रस्तुत भएको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो ।

सभामुख कृष्णबहादुर महराले सोमबारको बैठकको कार्य सुरु भएको जानकारी दिने बित्तिकै कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए । तर, कांग्रेस सांसदहरुले अस्वीकार गरे । विपक्षी सांसदहरुको अवरोधका कारण शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सम्बोधन गर्ने समय पनि पाएनन् ।

संसद बैठक सुरु हुने वित्तिकै कांग्रेस सांसद पुष्पा भुसालले सरकारले जुम्ला गएर केसीसँग वार्ता गर्नुपर्ने माग गरेकी थिईन् । त्यसलगत्तै कांग्रेसका सांसदहरुले उभिएर बिरोध गरेका थिए ।

कांग्रेसका सांसदहरुले उभिएर बिरोध गरिरहेपछि सभामुख महाराले साउन ३ गते १ बजेसम्मका लागि संसद बैठक स्थगित गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.