संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

| 2021 Aug 16 | 03:27 pm 1633

काठमाडौँ साउन ३२ : आज बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको हो। सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।

अधिवेशनबारे छलफल गर्न आइतवार कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका थिए। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने कानुनी व्यवस्था रहेको छ। चालु अधिवेशन बिजनेशविहीन भएपछि सरकारले अन्त्य गरेको हो।

सभामुखले संसदलाई बिजनेश दिन अनुरोध गरे पनि सरकारले बिजनेश दिन नसकेपछि अधिवेशन अन्त्यको सिफारिस भएको हो। सरकारले पूर्णता नपाउँदा संसदमा रहेका विधेयकहरु अघि बढ्न सकेका छैनन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.