संसदको गरीमा राख्न नसक्नेले देशको कसरी राख्लान: नेता सिंह

रिपोर्ट नेपाल | 2019 May 11 | 12:53 pm 2522

काठमाडौं, वैशाख २८: पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसदको गरीमा राख्न नसक्ने प्रधानमन्त्री केपी ओलीले देशको गरीमा राख्लान भनेर सोच्नु मुर्खता हुने बताएका छन् ।

शनिबार काठमाडौंको रत्नराज्य माध्यमिक विद्यालयमा भएको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा नेतासिंहले संसदभित्र असंसदीय भाषा प्रयोग गर्ने ओली नेतृत्वको सरकार जताबाट हेर्दा पनि असफल भएको बताए ।

विकास बजेट खर्च गर्न नसक्ने ओली सरकार कार्यक्षमता नभएको असक्षम सरकार भएको आरोप पनि नेता सिंहले लगाए । समृद्ध नेपाल सुखी नेपाली प्रधानमन्त्री ओलीको ओठे शब्द मात्र भएको बताउँदै नेता सिंहले सुरक्षाको दृष्टिमा पनि सरकार पूरै असफल भएको बताए ।

हत्या, बलात्कार, लुटपाटका अपराधिलाई सरकाले संरक्षण दिएको बताउँदै नेता सिंहले संघियतालाई विकेन्द्रीकरण गर्नु पर्नेमा सबै अधिकार प्रदेशको खोसेर केन्द्रीकृत गरेको पनि सिंहको आरोप थियो ।

प्रदेशसभा सांसद दिपेन्द्र श्रेष्ठले प्रधानमन्त्री ओलीले संघियतालाई पंगु बनाउन लागेको आरोप लगाउँदै प्रदेशको अधिकार कटौती गर्दै आफू निरंकुश बन्न लागेको बताए ।

श्रेष्ठले अगाडी भने प्रादेशिक सांसद र सरकारका कारण राज्यलाई आर्थिक भार परेकोले अधिकार बिहिन प्रदेश राख्नुभन्दा विघटन गर्दा ठिक हुने बताउँदा उपस्थित सबैले ताली बजाएर स्वागत गरेका थिए । अर्का सांसद राजेन्द्र गुरुङले पनि ओली सरकार देश चलाउन भन्दा पनि गाइजात्रा देखाउन बढी लागेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.