संवैधानिक इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’मा

रिपोर्ट नेपाल | 2021 May 28 | 03:42 pm 2681

काठमाडौं, जेठ १४ः संवैधानिक इजलासमा शुक्रबारका लागि बहस सकिएको छ । आइतबार फेरि बस्ने गरी इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेको हो । प्रतिनिधिसभा विघटनसम्बन्धी ३० वटा रिटमाथिको सुनुवाई शुक्रबार सुरु भएको थियो ।

अब यसैको निरन्तर सुनुवाई आउँदो आइतबार हुने सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले बताए।

संवैधानिक इजलासमा प्रधानन्याधीश चोलेन्द्र शम्शेर जबरा सहित न्यायधीशहरु दीपककुमार कार्की, डा.आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.