संवैधानिक इजलासप्रति वकिलहरुको आपत्ति

रिपोर्ट नेपाल | 2020 Dec 25 | 01:26 pm 1833

काठमाडौं, पुस १०ः प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ शुरु भएको छ । मुद्दा उपर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलाशमा सुनुवाइ शुरु भएको हो । अहिले अधिवक्ता सन्तोष भण्डारीले बहस गर्दैछन् ।

प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटहरूको सुनुवाइ गर्न सर्वोच्च अदालतले गठन गरेको संवैधानिक इजलासको विषयमा वकिलहरूले आपत्ती जनाएका छन् ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले इजलास गठनमा प्रश्न उठाउदै इजलास गठन नमिलेको बताए । त्रिपाठीले प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले इजलासलाई लिएर शंका नगर्न आग्रह गरेका छन् ।

अहिले ती रिटहरूमा सुनुवाइ भइरहेको छ । रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश राणाले आफूसहित पाँच जनाको इजलास बनाएका छन् ।

इजलासमा राणासहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.