संविधान संशाेधनका लागि सदनमा महत्वपूर्ण निर्णय

| 2020 May 22 | 03:37 pm 1592

काठमाडौं, जेठ ९ः शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संविधान संशाेधनका लागि सदनमा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ ।

प्रधानमनत्री निवास बालुवाटारमा बसेको मन्त्री परिषद्को बैठकले गरेको महत्वपूर्ण निर्णय अर्थ तथा सञ्चारमन्त्री डा युवराज अतिवडाले सार्वजनिक गरेका हुन् ।

नेपालको संविधानको धारा ९ मा चर्चा गरिएको निसान छाप अनुसूची ३ मा छ। त्यसमा भएको पुरानो नक्सालाई हाल वास्तविक सीमा कायम गरी जारी गरिएको नयाँ नक्साले अद्यावधिक गर्न संविधान संशोधन गर्न लागिएको सरकारको भनाइ छ।

संविधान संशोधनका लागि प्रतिनिधि सभाको दुई तिहाइ बहुमत चाहिन्छ । प्रतिनिधि सभाको बैठक जेठ १३ गतेका लागि बोलाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.