काठमाडौं, असाेज ३: सरकारले संविधान दिवसको अवसरमा शुक्रबार दुई सय ८२ जना कैदीबन्दीलाई माफी दिने भएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संविधानको धारा २ सय ७६ अनुसार भीमबहादुर शेर्पासमेत दुई सय ८२ जनाको कैद माफीका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको जानकारी दिए ।