संविधान दिवसका अवसरमा विभिन्न व्यक्तिलाई मानपदवी प्रदान

रिपोर्ट नेपाल | 2019 Sep 20 | 01:17 pm 1465

काठमाडाैं, असाेज ३: राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान दिवसका अवसरमा विभिन्न व्यक्तिलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गरिने भएको छ ।

सिफारिसअनुसार महाउज्वल राष्ट्रदीप (प्रथम श्रेणी) दिवङ्गत साहित्यकार मदनमणि दीक्षित र दिवङ्गत तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलाई दिइने तय भएको हाे ।

त्यसैगरी सुप्रसिद्ध प्रवल जनसेवाश्री (प्रथम) श्रेणीबाट प्रा डा दिव्यासिंह शाह, दिवङ्गत पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा तथा पाँच विदेशी प्राध्यापकलाई विभूषित गरिने भएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार उज्वल कीर्तिमय राष्ट्रदीप (द्वितीय) बाट उच्चस्तरीय प्रशासन सुधार आयोग कार्यान्वयन समितिका अध्यक्ष काशीराज दाहाललाई विभूषित गरिने भएको छ ।

यसैगरी विभिन्न पेशाकर्मी, व्यवसायी, कर्मचारी र सुरक्षाकर्मी गरी ६ सय ३४ व्यक्तिलाई विभूषित गरिने घोषणा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.