संविधानको विरोधमा सिके राउतका समर्थकद्वारा विरोध प्रदर्शन

रिपोर्ट नेपाल | 2018 Sep 19 | 04:11 pm 2199

जनकपुरधाम, असोज ३ : संविधानको विरोधमा कालो दिवस मनाउने घोषणा गरेको स्वतन्त्र मधेश गठबन्धन डा। सिके राउतका समर्थकले संविधानको बिरोधमा जनकपुरमा बिरोध र्याली निकालेको छ ।

दुई दर्जनभन्दा बढी कार्यकर्तालाई मंगलबारनै धनुषा प्रहरीले पक्राउ गरेपनि बजार क्षेत्रमा विरोध र्याली निस्किएको छ ।

लेके रहेगें आजादी, हर हालमे लेंगे आजादी जस्ता नारा लगाउँदै राउत समर्थक कार्यकताले ठुलो संख्यामा नगर परिक्रमा गरेका थिए । प्रहरी नगरको हरेक ठाउँमा परिचान भएपनि विरोध प्रदर्शन रोक्न सकेको छैन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.