संघीय बजेटमा प्रदेश – २ को गुनासो

| 2021 Jun 17 | 08:10 am 2433

काठमाडाैं, असार ३ः कोरोना महामारीको संकटले अहिले आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पारेको छ । कोरोनाले प्रभावित आर्थिक क्षेत्र उकास्नलाई केही सुविधासहितको बजेट ल्याए पनि जोखिम कायमै रहेको र सरकारले ल्याएको बजेटको व्यावहारिक कार्यान्वयनमा केही कठिनाइहरू विद्यमान रहिरहेकाले यसको सफल कार्यान्वयनका लागि व्यावहारिक रूपमा सहजता पनि हुनुपर्ने बताएका छन् ।

कारोबार राष्ट्रिय आर्थिक दैनिकले आयोजना गरेको ‘प्रदेश–२ का अवसर र चुनौती’ विषयक भर्चुअल अन्तक्र्रियामा सहभागी वक्ताहरूले सरकारले ल्याएको बजेटलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न र आर्थिक क्षेत्रलाई चलायमान बनाउनका लागि खोप नै पहिलो प्राथमिकतामा हुनुपर्नेमा जोड दिएका छन् ।

प्रदेश–२ का उद्योगी–व्यवसायीहरूले कोरोनाविरुद्धको खोप यथाशक्य चाँडो उपलब्ध गराएर महामारीले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारसँग माग गरेका छन् ।

कोरोना संक्रमणको महामारीले आर्थिक क्षेत्रमा देखापरेको चुनौती सामना गर्दा केही आत्मनिर्भर बन्ने अवसरहरूको पनि सिर्जना भएकाले त्यसका लागि सरकारले कोरोनाविरुद्धको खोप खुला बजारमार्फत ल्याउन निजी क्षेत्रले माग गरेका छन् । प्रदेश नम्बर–२ का उद्योगी–व्यवसायीहरूसँग कारोबारले गरेको छलफल तथा अन्तरक्रियामा व्यक्त गरेका छन् । काराेबार दैनिककाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.