संघीयतालाई समाप्त पार्न अझै षडयन्त्र भइरहेको मन्त्री यादवको दाबी

रिपोर्ट नेपाल | 2018 Aug 14 | 04:57 pm 1861

काठमाडौं ,साउन २९ : उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले संघीयतालाई समाप्त पार्न अझै षडयन्त्र भइरहेको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपालका संघीयता कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै संघीयता समाप्त पार्न षडयन्त्र भईरहेले सचेत हुन आग्रह गरे ।

संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष समेत रहेका यादवले संघीयता कम्जोर भए मुलुक गम्भीर दुर्घटनामा फस्ने चेतावनी समेत दिएका छन्। अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघीयताले मात्रै मुलुकका सबै समुदायलाई अधिकारलाई सुनिश्चित गर्ने पनि स्मरण गराए ।

उपप्रधानमन्त्री यादवले सबै समुदायको पहिचानलाई स्थापित हुने गरी संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिनु दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.