संघर्षको राजमार्गमा सफल बनेकी बेगम दिदी

रिपोर्ट नेपाल | 2020 Mar 04 | 11:05 am 5364

  • विष्णु सापकोटा

नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले प्राय आफ्नो सम्बोधनमा महिलाको सकृयता बिना विकास असम्भव र परिवार छिन्नभिन्न हुन्छ भनेका कुरा अहिले मेरो मनासपटालमा झलझली आइरहन्छ ।

घरको श्रीमानको मृत्यु भयो भने त्यो श्रीमतीले लालाबालालाई कसरी हुर्काउने बढाउने र पढाउने भनेर चिन्तित हुन्छिन् भने महिलाको मृत्यु हुँदा केटा मान्छेले श्रीमतीको शव जलिरहेकै समयमा आफ्नो स्वार्थ पूर्तिका लागि छोराछोरीको नाम जोडेर पकाएर खान दिने कहाँ खोज्ने होला भनेर बस्छन् ।

सन्तानको माया दश महिना पेटमा राखेकी आमालाई जति हुन्छ दश मिनेटको मनोरञ्जनमा रमाउने बाबुलाई कमै हुन्छ ।

आमाले जसरी सन्तानका लागि दुःख कष्ट सहन सक्छिन् त्यसको दाँजोमा बाबु एक रति दुःख गर्न सक्दैन। आमा भनेको जिवित भगवान हो र उनी सधै सन्तानको चिन्ताले आफ्नो अनेक कष्ट लुकाउन सक्छिन् ।

यस्तै सत्य कथा हेर्नुपरेमा गुल्मी रेसुङ्गा नगरपालिका वडा नं. १ कि बेगम दिदीलाई हेर्दा प्रष्ट हुन्छ । श्रीमानको हेपाहा प्रवृत्ति सहन नसकेर तीन सन्तानलाई च्यापेर संघर्षको गोरेटो सुरु गरेकी बेगम दिदी आज सफलताको चौडा राजमार्गमा दैडिन सफल भएकी छिन् ।

आफ्नो हातखुट्टा बलियो भएपछि आरुको आशा र भरोसामा नोकरको जस्तो व्यवहार सहेर बस्नु भन्दा आफ्नो श्रममा रमाउनु पर्छ भन्ने मान्यता बोक्ने बेगम दिदी महिलाका लागि प्रेरणाको स्रोत हुन् ।

स–साना बच्चा बोकेर एउटा जिल्लाबाट अर्को जिल्लामा आएर संघर्ष गरेकी बेगम दिदीले आज जुन खुशी भएर बस्न सकेकी छिन् त्यो तीन छोराको मेहनत अल्लाहको आशिर्वाद र आफूले छोराहरुलाई दिएको नैतिक शिक्षा भएको बताउँछिन् ।

आफूलाई मुस्लिम धर्मको कट्टर अनुयायी बताउँने बेगम दिदीले सबै धर्म भाषा र पेशालाई अत्यन्तै सम्मान गर्छिन् ।

हिम्मत र शाहस भएपछि कसैको आश गर्नु पर्दैन भन्ने उनले सानो श्रृंगारको पसलबाट सुरु गरी गरेको वयवसायिक यात्रा आज छोराहरुले करोड हाराहारीको व्यवसायमा परिणत गरेका छन् ।

वैवाहिक हिंसा सहेर बस्नु भन्दा संघर्ष गर्न उचित लागेर हिम्मत बोकेर घर बाहिरीएको बताउने बेगम दिदीले आज तमघासमा आफ्नै घर बनाएर नातिनतिना खेलाएर सुखी र खुशी जीवन बिताएकी छिन् ।

बेगम दिदीको संघर्ष र र सफलताका विषयमा लेख्न प्रेरित गर्ने नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।

बेगम दिदीको शाहसलाई शाहस दिने जोठा छोरा रजी जसले राम्रो आर्ट गर्छन उनी र आमाको माया नैतिक शिक्षालाई आत्मसात गर्ने भाई हजी र कान्छालाई मुरीमुरी धन्यवाद दिन चाहान्छु । त्यस्तै प्रेरणाकी प्रतिमुर्ति बेगम दिदीलाई नारी दिवसको पूर्व सन्ध्यामा सलाम गर्दछु ।

पुरुषको पीडामा रहेर दबिएर च्यापीएर र हेपीएर बसेका दिदीबहिनीले बेगम दिदीको देखासिकी गर्न समेत आग्रह गर्दछु ।

लेखकः ने.का. गुल्मीकी सचिव हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.