संक्रमणबाट जोगिन गाउँपालिकामा बन्दाबन्दीको घोषणा

रिपोर्ट नेपाल | 2020 Aug 11 | 11:06 am 1929

  • महेश सिंह

सिरहा, साउन २७ः सिरहाको भगवानपुर गाउँपालिकामा बन्दाबन्दीको घोषणा गरेको छ । कोरोना संक्रमण हुनबाट जोगिन गाउँपालिका भित्र बन्दाबन्दीको घोषणा गरेको हो।

अति आवश्यक काम बाहेक घरबाट निस्किन नहुने गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादवले बताए । साउन २७ गते देखि १० दिन सम्म बन्दाबन्दिको घोषणा गरेको पत्रकार सम्मेलन मार्फत गापा अध्यक्ष यादवले जानकारी दिए ।

गाउँपालिका भित्र लाग्ने हाट, बजार समेत बन्द हुने उनले बताए । समाजिक दुरी कायम गरी बिहान् ८ बजे देखि दिउँसो ११ बजेसम्म अति आवश्यक औषधी पसल, किराना पसल खोल्ने र उपभोक्ता मारमा नपर्ने गरी गाउँपालिकामा पसलहरु खुला राख्ने र समाजिक भोज भतेज र कुनै राजनीति दलका कार्यक्रम र नाच, गान , सामुहिक भेला र पिकनिकको कार्यक्रम पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष बेच्न प्रसाद यादवले बताए।

गाउँपालिकाको छिमेकी देश भारतमा कोरोना संक्रमित भएकोले हाम्रो गाउँ र समुदायमा संक्रमित हुने उच्च जोखिम रहेको अध्यक्ष यादवले बताए।

उक्त महामारीबाट जोगिन गाउँपालिकामा बदाबन्दीको घोषणा गरेको गाउँपालिकाको प्रसासकिय अधिकृत दिलीप कुमार यादवले जानकारी दिए ।

गाउँपालिका भित्र रहेका पसले र सर्बसाधारणहरुले अटर गरेमा कानुन बमोजिमकार्बाहि गर्ने यादवले बताए । नेपाल र भारतको खुल्ला बोडर रहेकोले नेपाल, भारत आउने जाने क्रम मानिसहरुको रोकिएको छैनन्।

मानिसको भिडभाड र चहलपहल जारी नै रहेको भगवानपुर गाउँपालिकाका नेकपा संयोजक उग्रनारायण यादवले बताए । बोडरमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी मुख दर्शक बनेको स्थानीयको आरोप रहेको छ ।

लकडाउनको अबधिमा राती राती ब्यापारीहरु भन्सार छली गरी चोर बाटो भएर थोक सम्मान नेपाल र भारत भित्रियाउने गरेको यादवको आरोप रहेको छ।

बोडर सुरक्षामा खटिएका नेपाल र भारतको प्रहरीहरु भएको ठाउँबाट नजाने र डिउटिमा खटेका प्रहरीको आँखा छलेर घरको बेगर्ता गर्न सर्बसाधारण महिलाहरु लुकिछिपि चौरीको बाटो अपनाएर भारत जाने गरेको स्थानीयको गुनासो रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.