श्रोत नखुलेको रुपैयाँसहित एक जना नियन्त्रणमा

रिपोर्ट नेपाल | 2023 Jun 09 | 06:04 pm 56413

बाँके, जेठ २६ । नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट श्रोत नखुलेका १४ लाख ६ हजार ५ सय नेपाली रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
नम्बर ३० गण बाँकेले जिल्लाको डुडुवा गाँउपालिका ४ साहपुरुवा बस्ने ३५ बर्षिय उमाकन्त गुप्तालाई उल्लेखित रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
भे ६ प ३७४६ नम्बरको मोटरसाइकलमा सवार उनलाई सशस्त्र प्रहरीले शंका लागि चेकजाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र उनले रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिईएको जनाइएको छ ।
नियन्त्रणमा लिईएका गुप्तालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको सहप्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.