श्रोत नखुलेको भारतीय ५ लाख र नेपाली ५ लाख रुपैयाँसहित तीन जना सशस्त्र प्रहरी नियन्त्रणमा

| 2023 Apr 05 | 06:10 pm 1589

सर्लाही, चैत २२ः जिल्लाको कविलासी नगरपालिका ८ अगर्वाबाट बुधबार सशस्त्र प्रहरीले श्रोत नखुलेको ५ लाख भारतीय र ५ लाख नेपाली रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।नम्बर १० गण सर्लाहीले उल्लेखित रुपैयाँसहित सोही जिल्लाको धनकौल गाँउपालिका ६ घर भई हाल हरिवन नगरपालिका ११ बस्ने ४५ बर्षिय गान्धि साह सोनार, रुपन्देही जिल्लाको साविक फरेना गाविस ६ बस्ने ३५ बर्षिय राजेश बनिया र भारत घर भई हाल पर्सा जिल्लाको बिरगंज महानगरपालिका १९ बस्ने १९ बर्षिय अनिल साहलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश नं. २–०३–०१५ प ५९६९ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा उनीहरुको साथमा उक्त रुपैयाँ फेला परेको र सो रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो ।

उनीहरुको साथबाट भारतीय रुपैयाँ ५ सय दरको ९ सय ९६ वटा (४ लाख ९८ हजार), २ हजार दरको एक वटा र नेपाली रुपैयाँ ५० दरको ३२ वटा (१ हजार ६ सय), १ सय दरको ४ सय ८४ वटा (४८ हजार ४ सय), ५ सय दरको ३ सय वटा (१ लाख ५० हजार), १ हजार दरको ३ सय वटा (३ लाख) नोट बरामद भएको हो ।

नियन्त्रणमा लिएका तीनै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।

चोरीनिकासीको सोफि मदिरासहित स्कार्पियो गाडी नियन्त्रण
सिरहाकाे सिरहा नगरपालिका १७ लच्काबाट करीव १८ लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सोफि मदिरासहित स्कार्पियो गाडी नियन्त्रणमा लिइएको छ ।

विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म माडर (बिओपी माडर)ले बि.आर. ३१ पि ७६५९ नम्बरको गाडीमा फल्स बटन बनाई लुकाई छिपाई लैजाँदै गरेको उक्त मदिरा फेला पारेको हो । नियन्त्रणमा लिइएको मदिरा तथा गाडी आवश्यक कारवाहीको लागि भन्सार
कार्यालय माडरमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.