बाँके, असार २९। नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह स्थित शर्मा गल्लीबाट सशस्त्र प्रहरीले २० लाख नेपाली रुपैयाँसहित २० वर्षिय सोहेल कुरेशीलाई नियन्त्रणमा लिएको छ। कुरेशीलाई प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहले उल्लेखित रुपैयाँ सहित नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका कुरेशी चढेको मोटरसाईकल चेक जाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो। चालक भने मोटरसाईकल सहित भागेका थिए । मोटरसाईकल पछाडी बसेका कुरेशीले बोकेको सो रकमको श्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिएको
हो ।
नियन्त्रणमा लिइएका कुरेशीलाई बरामद रुपैयाँ सहित आवश्यक कारवाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको कुरा सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जनाएका छन्।