श्रोत नखुलेको नेपाली चार लाख सहित एक जना पक्राउ तथा चोरीपैठारीको सामान बरामद 

| 2021 Nov 01 | 08:56 pm 1641

पर्सा, कात्तिक १५ः जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित शंकराचार्य गेट निजकैबाट श्रोत नखुलेको चार लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले भारतको पूर्वी चम्पारण रक्सौला घर बताउने ४४ वर्षीय आमिदेर मिश्रलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका निज मिश्रलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बीरगंजबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँको निजले श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।

त्यसवेला उनको साथमा एक हजार दरको दुई सय वटा र पाँच सय दरको चार सय वटा रुपैयाँ फेला पारको हो । पक्राउ परेका मिश्रलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

चोरीपैठारीको सामान बरामद 
रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ लक्ष्मीपुर वेलवीच्छुवास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव २ लाख रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डरु आउट पोष्ट वेलविच्छुवाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरको हो । बरामद सामान भन्सार कार्यालय गौरमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.