श्रेष्ठको लोकप्रियताबाट डराउँदै, बामगठबन्धन निर्वाचन भाड्ने खेलमा

रिपोर्ट नेपाल | 2019 Mar 23 | 12:49 pm 2451

काठमाडौं, चैत्र ९ :आज शनिबार हुन लागेको नेपाल निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको छैटौं अधिवेशनमा लोकतान्त्रिक गठबन्धनबाट अध्यक्षका उम्मेदवार सगुन श्रेष्ठको जित सुनिश्चित हुने देखिएपछि बनमगठबन्धनका उमेदवारले आर्थिक लेनदेन र शक्तिको दुरुपयोग गर्दै निर्वाचन कार्यतालिका अनुसार निर्वाचन नगराउने नियतले निर्वाचन अधिकृतलाई समेत प्रभावमा पारेर धादलि गर्न तर्फ उन्मुख भएका छन् ।

निर्माण व्यवसायमा रहेका समस्याको बारेमा आफू पूर्ण जानकार भएको र पछिल्लो समय यस व्यवसायमा अनावश्यक रुपमा राजनीतिकरण भएकोले आफू निर्वाचित भए व्यवसायमा राजनीतिकरणको अन्त्य गरेरै छोड्ने, निर्माण व्यवसायका पक्षमा काम गर्ने उद्घोष सहित लोकतान्त्रिक प्यानलबाट उमेदवारि घोषणा गरेका श्रेष्ठको चर्चा बढेपछि कम्युनिष्टहरु डराएर निर्वाचन भाड्न, धादलि गर्न र निर्वाचन कार्यतालिका नै हेरफेर गरेर लोकतान्त्रिक पद्धतिबाट नै भाग्न खाजेको आरोप समेत उमेदवार श्रेष्ठले बताए ।

आफु सिन्धुपाल्चोक निर्माण व्यवसायी संघको नेतृत्वमा निर्वाचित भए निर्माण क्षेत्रमा चलिरहेको अनियमितता, भ्रष्टाचार र राजनितिकरण अन्त्य हुने डरले बामगठबन्धनका उमेदवार निर्वाचन भाड्न लागेको आरोप लगाउँदै लोकतान्त्रिक पद्धतिलाई अंगिकार नगरे आफु जस्तोसुकै कदम चाल्न बाध्यहुने समेत श्रेष्ठले चेतावनि दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.