श्रृखला खतिवडा वाणिज्य बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त

रिपोर्ट नेपाल | 2019 Jan 01 | 04:53 pm 2663

काठमाडौं, पुस १७ :  राष्ट्रिय वाणिज्य बैंकले मिस नेपाल श्रृंखला खतिवडालाई ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ ।

बैंकका नायव महाप्रवन्धक एवं सूचना अधिकारी टेकराज जोशीका अनुसार सिम नेपाल २०१८ खतिवडालाई ब्राण्ड एम्बास्डर नियुक्तिको औपचारिक घोषणा बुधवार पत्रकार सम्मेलनमार्फत गरिने छ । बैंकले भोलि दिउँसो २ः३० बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।

मिस वर्ल्ड मा नेपालको प्रतिनिधित्व गरेकी श्रृंखला टप ५ बाट बाहिरिएकी थिइन् । चलचित्र क्षेत्रबाट अफर आए पनि त्यसलाई अस्वीकार गरेकी खतिवडा सामाजिक क्षेत्रमा रुची रहेको बनाउँछिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.