काठमाडाैं, कात्तिक १२ः श्रृंखलावद्ध चोरी घटनामा संलग्न प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रामेछाप साबिक बाम्तीभण्डार गा.बि.स. वडा नं. ३ घर भई हाल ललितपुर गोदावरी न.पा वडा नं. ६ टौखेल बस्ने बर्ष २४ का बिराट राई, ललितपुर गोदावरी न.पा वडा नं. ३ बस्ने बर्ष २३ का बिशाल तामाङ र बर्ष १४ का नाम परिवर्तित बिदुर (क) रहेका छन् ।
उनीहरूले ललितपुर मनाेहरा न.पा वडा नं. १९ कुमारीपाटी स्थित एस.आर स्टोर, लुनार एजुकेशन कन्सल्टेन्सी, KKFC रेष्टुरेण्ट, लाईट फोटो स्टुडियो, कोपि.के लाफिङ सेन्टर नामक होटल र ऐ. गोदावरी न.पा वडा नं. ३ टौखेल स्थित रिता थापा क्षेत्रीको घरकोठामा बिभिन्न मितिमा भएको चोरी घटनामा संलग्न ३ जनालाई चोरीका सामानहरु सहित ड्युटीमा खटिएको प्रहरी टोलीले पक्राउ गरी चोरी सम्बन्धी मुद्दामा सम्मानित ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भई रहेको बताइएकाे छ।