श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कोन्हियामा विद्यार्थीलाई ड्रेस वितरण

| 2023 Nov 10 | 08:58 am 929

वीरगंज, कार्तिक २३ । पर्साको वीरगंज महानगरपालिका वडा नं १७ अलौ कोन्हिया स्थित रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यनरत बिधार्थीहरुलाई स्कुल ड्रेसको लागि कपडा वितरण गरिएको छ। श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको आयोजनामा विद्यालयमा अध्ययनरत १५० जना विधार्थीहरुलाई स्कुल ड्रेसको लागि कपडा वितरण गरिएको हो।

विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयको आफ्नै कोषबाट बाल विकासदेखि कक्षा ५ सम्मका १५० जना विद्यार्थीहरुलाई स्कुल ड्रेसको लागि कपडा वितरण गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र यादवले जानकारी दिए ।

कपडा वितरण कार्यक्रममा वीरगन्ज वडा नम्बर १७ का वडा अध्यक्ष संजु छतकुली, वडा सदस्य शेख नेसार, उमरावती राम, राजेन्द्र सहनी, विधालय व्यवस्थापन समीती सदसयहरु ,युवा नेता बिरेन्द्र यादव, बिरा यादव, प्रमेश्वर यादव, सत्रुधन, गंगाधर महतो, प्र, अ ईमराईन देवान, शिक्षक , अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी, पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.