कोलम्बो, वैशाख ८ : श्रीलंकामा भएको शृङ्खलाबद्ध बम विस्फोटमा परी मर्नेको संख्या १ सय ३८ पुगेको छ । अलजजिरा डटकमका अनुसार कम्तीमा पनि अन्य २ सय ५० घाइते भएका छन् ।
समाचारमा जनाइए अनुसार कोलम्बोको केन्द्रमा रहेका क्याथोलिक चर्चहरुमा ३ वटा र अन्य विस्फोट दुई सुविधा सम्पन्न होटलमा विस्फोट भएको हो ।अहिलेसम्म कसैले पनि विस्फोटको जिम्मेवारी लिएको छैन ।