श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना लुम्बिनी पुगे

| 2018 Sep 01 | 10:44 am 1819

लुम्बिनी, भदौ १६  :  श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेना बुद्ध जन्मस्थलको भ्रमणका लागि लुम्बिनी पुगेका छन् । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका मैत्रीपाला सिरिसेना आज चार्टर विमानबाट भैरहवास्थित गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी पुगेका हुन् ।

उनलाई लुम्बिनी विकास कोषले लुम्बिनी विकास गुरु योजनाका विषयमा अवगत गराउने तयारी गरेको छ । उनले मायादेवी मन्दिरमा आफ्नो परम्परा अनुसार पूजा अर्चना गर्ने कार्यक्रम छ। मायादेवी मन्दिर पछि लुम्बनीमै रहेको श्रीलंकाद्वारा निर्मित श्रीलंकन गुम्बामा जाने छन्।

श्रीलंकाद्वारा बनाइएको त्रिग्रिम गेस्टहाउका बारेमा जानकारी लिने कार्यक्रम छ। लुम्बिनी विकास कोषले सिरिसेनालाई लुम्बिनीको गुरुयोजना बारे जानकारी गराइने कार्यक्रम रहेको कोषका योजना प्रमुख सरोजकुमार भट्टराईले बताए।

सिरिसेनाको भ्रमणलाई ध्यानमा राखेर लुम्बिनी तथा रुपन्देहीको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ ।   सुरक्षाका लागि सुरक्षा निकायका ४ वटै अंग परिचालन भएका छन्। बिहान साढे ८ बजेदेखि नै भैरहवा–लुम्बिनी सडक खण्डमा सर्वसाधरणलाई निषेध गरिएको छ।

सुरक्षाका लागि लुम्बिनीमा सर्वसाधारण तथा अन्य पर्यटकलाई निषेध गरिएको छ। लुम्बिनीस्थित मायादेवी मन्दिर राष्ट्रिय झण्डा र बौद्ध पतकाले झकिझकाउ पारिएको छ। राष्ट्रपति सिरिसेना आजै काठमाडौं फर्कनेछन्।

यसअघि सम्मेलनमै भाग लिन आएका म्यानमारका राष्ट्रपति विन मिन्टले बुधबार बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.