श्रीमान राज्यलाई जेल कोच्न मिल्ने ? की नमिल्ने ?

रिपोर्ट नेपाल | 2023 Jul 03 | 06:50 pm 16089

कविता

एक बिद्यार्थी,
शिक्षा शुल्कका निम्ति
मजदुरी गर्न बाध्य बन्यो
तर चाहेझै ज्ञान लिन असमर्थ छ!

एक बिरामि,
उपचार खर्चका निम्ति
सापटी खोज्दै भौतारिन बाध्य बन्यो
तर उत्कृष्ट स्वास्थेसेवा लिन असमर्थ छ!

एक कृषक,
जिबिकोपार्जनका निम्ति
परम्परागत कृर्षि गर्न बाध्य बन्यो
तर परिवार पाल्न असमर्थ छ !

एक गरिव,
घर बासका निम्ति
सस्तै दरमा बिदेशीन बाध्य बन्यो
तर कपडा थोत्रै झोपडीमै बस्न बाध्य छ!

एक नागरिक,
छाक गाँसका निम्ति
चोरि गर्न बाध्य बन्यो
तर हत्कडी उपहार बोकि मुद्दा खेप्न बाध्य छ!

ए न्यायालय
ए न्यायमुर्ती
दायित्व बिहिन राज्यमा
सजाय भोग्दै बसेका नागरिकका पिडा नियाल्दा
श्रीमान सजाय राज्यलाई दिन मिल्ने कि नमिल्ने ?
फैसलामा जेल राज्यलाई कोच्न मिल्ने कि नमिल्ने ?

© गंगा रावत(सागर)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.