श्रीमानले जर्बजस्ती करणी गरेको भन्दै श्रीमतीले दिइन् उजुरी, श्रीमान् पक्राउ

रिपोर्ट नेपाल | 2018 Aug 21 | 05:26 pm 4476

उदयपुर, भदौ ५ : श्रीमतीले जबर्जस्ती गरेको भन्दै उदयपुरमा श्रीमतीले उजुरी दिएपछि श्रीमान् पक्राउ परेका छन् । रौतामाइ गाउँपालिका २ नौले करकुसेका ४५ वर्षीय दीपबहादुर राउत ‘दुर्गा’लाई प्रहरीले पक्राउ गरेको हो ।

दुर्गाकी श्रीमतीले आफ्नो इच्छाविपरित श्रीमानले यौन सम्पर्क गरेको भन्दै उजुरी दिएपछि पक्राउ गरिएको उदयपुर प्रहरीले जनाएको छ । उजुरीमा दुर्गाले छोरीमाथिसमेत यौन दुव्र्यहार गरेको आरोप लगाइएको छ ।

भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहितामा महिलाको मञ्जुरी नलिई करणी गरेमा जबर्जस्ती करणी मानिने उल्लेख छ । मु्लुकी ऐनमा बढीमा १५ वर्षसम्म सजाय रहेकोमा अपराध संहितामा यसलाई बढाएर २० वर्षसम्म पुर्याइएको छ । २० वर्षमाथिको महिलालाई जबरजस्ती करणी गरे ५ देखि ७ वर्षसम्म कैद सजाय व्यवस्था गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.