तेह्रथुम, असाेज ११: गत बिहीबार आफ्नै श्रीमतीलाई जबरजस्ती गर्न खाेज्दा श्रीमतीले आफ्नै श्रीमानको अण्डकोष काटिदिएकी छन् । तेह्रथुम म्याङलुङ नगरपालिका ३ नागदहकी ४५ वर्षीया श्रीमती चन्द्रमाया रसाइलीले ६० वर्षीय श्रीमान फौदबहादुर रसाइलीको अण्डकोष नै काटिदिएकी हुन् ।
घाइते फौदबहादरको दुवै अण्डकोष बाहिर निस्किएको प्रहरीले जानकारी दिए । उनको जिल्ला अस्पताल तेह्रथुममा उपचार भइरहेको वडा नं. ३ का वडाअध्यक्ष पदम प्रसाद ढुंगानाले बताए । श्रीमानको अण्डकोष काट्ने चन्द्रमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीमाथि ज्यान मार्ने उद्योगमा कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरिक्षक नविनकिसोर प्रधानले जानकारी दिए । रक्सी सेवन गरेर दुवैजना बारम्बार झगडा गर्ने गरेको स्थानीयको भनाइ छ ।
रक्सी सेवन गरेर श्रीमतीमाथि जवरजस्ती गर्न खोज्ने जति बेला पनि यौन सम्बन्धको लागि श्रीमतीलाई दवाव दिने गरेको स्थानीयको भनाइ छ ।