श्रीमानले गाेली प्रहार गरी श्रीमतीकाे हत्या

| 2020 Apr 09 | 04:15 pm 2039

बाजुरा, चैत २७ः आफ्नै श्रीमानले गोली प्रहार गरी एक महिलाको हत्या गरेको छ । हत्या हुनेमा गौमुल गाउँपालिका ४ कि ३३ वर्षीया सुन्तु रोकाया रहेकी छन् ।  उनकै श्रीमानले हानेको बन्दुकको गोली लागेर उनकाे मृत्यु भएको हो ।

४० वर्षय गोरख रोकायाले भरुवा बन्दुकबाट श्रीमतीलाई गोली हानेको प्रहरीले जानकारी दिएकाे छ । गाेली प्रहार गर्ने रोकायालाई प्रहरीले पक्राउ गरिसकेको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख दानबहादुर बोगटीले बताए ।

रोकायालाई एक थान बरुवा बन्दुकसहित पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ । हत्या गरिएको अवस्थामा शव फेला पारेपछि बिहीबार बिहान माइती पक्षले प्रहरीलाई खबर गरेका थिए । उक्त घटनाकाे प्रहरीले अनुसन्धान गरिरहेकाे जनाइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.