श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

रिपोर्ट नेपाल | 2023 May 08 | 07:24 am 1341

झापा, वैशाख २५ः झापाको कनकाई नगरपालिका–३ की ४५ बर्षीया सुनिता कार्कीलाई श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । वैशाख ८ गते घरमा झगडा हुँदा श्रीमान् ५३ बर्षीय टेकबहादुर कार्की घाइते भएको र उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

मृत्यु भएपछि प्रहरीले श्रीमती सुनितालाई पक्राउ गरेको हो । मृत्यु भएको सूचना पाएसँगै इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई  पक्राउ गरी थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

डेरा गरी बस्ने कार्की श्रीमान् श्रीमती दुवै जना ज्याला मजदुरी गरी परिवार पाल्दै आएका थिए । शवको पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । गाेरखापत्र अनलाइन

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.