बाँके, जेठ २५: जिल्लाकाे जानकी गाउँपालिकामा श्रीमानको बन्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छिन् ।
शनिबार बिहान ९ बजेतिर जानकी गाउँपालिका वडा–३ मानपुर निवासी ५९ वर्षीया पञ्चराम हरिजनले ४५ वर्षीया श्रीमती कप्तरा हरिजनलाई बञ्चरो प्रहार गरेको इलाका प्रहरी कार्यालय खजुराखुद्रका प्रहरी नायव निरीक्षक राजकुमार सिंहले जानकारी दिए ।
सिंहका अनुसार श्रीमतीमाथि बञ्चरो प्रहार गरेर पञ्चराम आफैँ प्रहरी कार्यालय गएका थिए । हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बञ्चरो प्रहारबाट गम्भीर घाइते कप्तराको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । श्रीमान–श्रीमतीबीच १५ दिनदेखि नै झगडा हुँदै आएको बताइएको छ ।