मोरङ, साउन २९: रिसले कसैको जय गर्दैन भन्ने कुरा पुरानो नहरका २६ वर्षीय प्रदीप यादवले यतिखेर झलझली सम्झीरहेका छन् । प्राप्त समाचार अनुसार यादवले श्रीमतीलाई घर पछाडीको परालको टाल छेउमा लगेर कुटपीट गरेपछि उनकी श्रीमती २३ वर्षीया अवनदेवी यादवको मृत्यु भएको छ ।
प्रदीप यादवले आफ्नी श्रीमतीलाई कुटपीट गरी परालले छोपेर भागेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चिमडीबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली खटाइएको थियो ।
त्यसरी खटेको टोली घटनास्थलमा पुगी घाइतेलाई उपचारका लागि लाइफ गार्ड अस्पताल विराटनगर पाठाइएकोमा उपचारको क्रममा उनकोे मृत्यु भएको थियो । फरार प्रदीप यादवको खोजी भइरहेको प्रहरीले जनाएको छ ।