श्रीमानको कुटाइबाट ताप्लेजुङमा श्रीमतीको मृत्यु

| 2022 Jul 23 | 08:25 am 2217

ताप्लेजुङ, साउन ७ः ताप्लेजुङमा श्रीमानको कुटाइबाट शुक्रबार श्रीमतीले ज्यान गुमाएकी छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार जिल्लाको फुङ्लिङ नगरपालिका – ९ हाङ्देवाको ५६ वर्षका बलबहादुर साँवाले आफ्नी ५४ वर्षकी श्रीमती कान्छिमायाँको कुटपीट गरी हत्या गरेका हुन् ।

उनलाई नियन्त्रणमा लिएर अनुशन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

घरयासी विवादका कारण श्रीमानले कुटपीट गर्दा कान्छिमायाँको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.