श्रीमती हत्या गरेको अभियोगमा एक पक्राउ

रिपोर्ट नेपाल | 2018 Nov 12 | 01:45 pm 1884

काठमाडौं, कात्तिक २६  : आफ्नै श्रीमतीलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा खोटाङ देविस्थान घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका १० माउण्ट कैलाशडाँडा कपन डेरा गरि बस्ने वर्ष ४० को सुबास राईलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै कोठामा ३५ वर्षकी श्रीमती प्रमिला राईलाई सामान्य विवादमा सुबासले चक्कु प्रहार गर्दा गम्भीर घाइते भई उपचारको लागि हेल्पिङ हेण्ड अस्पताल चावहिल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.