काठमाडौं, असार १४: मधुवन नगरपालिका–९ का ४५ वर्षीय दिलमाया देशुवा मगरलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५० वर्षीय केशरबहादुर रहेका छन् ।
केशरबहादुरले दिलमायालाई मुक्का तथा लाठीले कुटपिट गरेर बेहोश बनाएको र जिल्ला अस्पतालमा उपचारका क्रममा दिलमायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्या गरेको आरोपमा । हेटौँडाबाट मृतकका माइतीपक्ष आएपछि शुक्रबार नै शव परीक्षण गरी अन्तिम संस्कारका लागि बुझाइएको प्रहरीले जनाएको छ ।
पीडित पक्षबाट आरोपितविरुद्ध उजूरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।