श्रीमती हत्याको आरोपमा शिक्षक पक्राउ

रिपोर्ट नेपाल | 2019 Nov 26 | 03:12 pm 2651

कञ्चनपुर, मंसिर १० : कञ्चनपुरमा श्रीमती हत्याको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । बेलौरी नगरपालिका ६ खैराना घर भएका सरकारी शिक्षक मोहन सिह ऐरीलाई श्रीमती हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलौरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज प्रहरी निरीक्षक रण बहादुर चन्दले ऐरीकी श्रीमती सरस्वती ऐरीको विशालु पदार्थ सेवन गरेको कारण मृत्यु भएपछि माइती पक्षले शिक्षक ऐरीलाई हत्याको आरोप लगाएको बताए । सरस्वतीको सोमबार सेती अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

मृतक सरस्वतीका बाबु शेर सिह बोहराले ज्वाँईविरुद्ध दिएको किटानीका आधारमा पक्राउ गरेर अनुसन्धान थालिएको चन्दले बताए । ‘उनकै ससुराले दुरुत्साहन सम्बन्धीको मुद्दामा ऐरविरुद्ध किटानी दिएका छन्, ‘प्रहरी निरीक्षक चन्दले भने, ‘अनुसन्धानका लागि शिक्षकलाई नियन्त्रणमा लिएर छानबिन गरिरहेका छौँ ।’ सरस्वतीलाई श्रीमानले आत्महत्या गर्न बाध्य पारेको भन्दै किटानी परेको प्रहरीले जनाएको छ ।

बेलौरी घर भएका शिक्षक ऐर कैलालीको कालिका माध्यामिक विद्यालय कैलालीमा अध्यापन गराउँदै आएका थिए ।

कञ्चनपुरमा महिला हिंसाविरुद्धको अभियान संचालन भइरहेको समयमा महिलामाथि शिक्षित बुद्धिजिवी वर्गबाटै दमन भएको घटनाको चौतर्फि भत्सर्ना भइरहेको छ ।

नेकपा नेत्री मार्यादा विष्टले समाजिक सञ्जाल मार्फत घटनाको भत्सार्ना गरेकी छिन् । कञ्चनपुरकी अधिकारकर्मी माया नेगीले घटनाको सत्यतथ्य छानबिन गरेर दोषी उपर कारवाहीको माग गरेकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.