बर्दिया, मंसिर १०ः आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँसगढी नगरपालिका-९ माछागढका ४४ वर्षीय पुरुष रहेका छन्।
ती पुरुषले ४१ वर्षीया श्रीमतीलाई कुटपिट गरी बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
उक्त घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।