श्रीमतीसँग रेल चढेर चीन यात्रामा निस्किए किम

रिपोर्ट नेपाल | 2019 Jan 08 | 09:00 am 2193

काठमाडौं, पुस २४ : उत्तर कोरियाली नेता किम जोंग उन चीनियाँ राष्ट्रपति सी जिनपिंगको निमन्त्रणा स्विकार गर्दै चीन भ्रमणमा निस्किएका छन् । यसबारे उत्तर कोरियाको राज्य नियन्त्रित मिडियाले पुष्टि गरेको हो ।

सोमबार सार्वजनिक भएका रिपोर्ट अनुसार किमले चीनको यात्रा रेलमार्फत गर्नेछन् ।

‘किम आफ्नी श्रीमती रि–सोल जुसहित जनवरी सातमा चीन पुग्नेछन् र १० तारिखसम्म बस्नेछन्,’ उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले बताएको छ ।

किम र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको दोस्रो शिखर वार्ताको मार्ग प्रशस्तका लागि उक्त भेट गरिन लागेको अनुमान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.