सिराहा, असोज १०: श्रीमतीसँग झगडा परेपछि आफू अपहरण भएको नाटक गरेका एक चिकित्सकका कारण प्रहरीले रातभर हैरानी खेप्नु परेको छ।
मंगलबार लहानबाट चिकित्सक सुवास बनैता यादवलाई साँझ अज्ञात समूहले अपहरण गरेको भनिएको उजुरीका आधारमा प्रहरीले खोजी कार्य थालेको थियो। तर, उनको सर्लाहीको नवलपुरमा मोटरसाइकलमा आफू खुशी गइरहेको भेटिएका थिए।
अज्ञात समुहले गाडीमा हालेर अपहरण गरेको भनि यादवको श्रीमतीले प्रहरीसमक्ष उजुरी दिएकी थिइन्। तर यादव भने म २ प ८२८६ नम्बरको मोटरसाइकलमा भेटिएपछि उनले नाटक मन्चन गरेको खुलेको थियो। श्रीमतीसँगको झगडाका कारण यादवले अपहरणको नाटक गरेको खुलेको छ ।
यादवले अपहरणमा परेको भनेर मोटरसाइकलमा आफुखुसी गएको प्रहरी अनुसन्धानका क्रममा खुलेको सिराहाका एसपी जीवन श्रेष्ठले बताए। प्रहरीले अपहरणको नाटक गर्ने यादव र उनका सहयोगी प्रेम बमलाई नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरेको छ ।