डोटी, फागुन ३ : आफ्नै श्रीमानले बलात्कार गर्न खोजेको भन्दै यहाँकी एक महिलाले प्रहरीमा उजुरी दिएकी छिन् ।
जिल्लाकाे शिखर नगरपालिका- ६ घर भएकी की ती महिलाले श्रीमानले आफूलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै उनले जिल्ला प्रहरी कार्यालय डोटीमा उजुरी दिएकी हुन् । उनीहरुबीच करिब ८ वर्षअघि बिहे भएकाे थियाे ।
फागुन १ गते प्रहरी कार्यालयमा दर्ता भएकाे उनकाे साे उजुरी जिल्लामा महिलाद्वारा श्रीमानविरुद्ध हालिएकाे पहिलाे उजुरी रहेकाे मुद्दा फाँटका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बमले बताए । उनका अनुसार उजुरी दर्तापछि निज महिलाका श्रीमानलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएकाे छ ।
कसुर प्रमाणित भएमा श्रीमतीलाई जबरजस्ती गर्ने श्रीमान २ वर्ष ६ महिना जेल बस्न सक्ने बमकाे भनाइ छ ।