श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा पुन पक्राउ

रिपोर्ट नेपाल | 2021 Feb 06 | 08:48 am 2749

कास्की, माघ २४: जिल्ला प्रहरी कार्यालय कास्कीले श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ घर भई कास्कीको पोखरा महानगरपालिका–३३ उपल्लो पुँडीमा बस्दै आएका ५० वर्षीय गमबहादुर पुन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार शुक्रबार ४२ वर्षीया हरिमाया पुन आफ्नै सुत्ने कोठामा मृत फेला परेकी थिइन्।

इलाका प्रहरी कार्यालय शिसुवा डाँडाबाट खटिएका टोलीले गमबहादुरलाई अनुसन्धानका लागि पोखरा–३३ लामगादीबाट नियन्त्रणमा लिएको हो।

अनुसन्धानको क्रममा बिहीबार समयमै खाना नबनाएको विषयमा झगडा परेपछि गमबहादुरले श्रीमतीलाई बञ्चरो प्रहार गरेको पाइएको पनि कास्की प्रहरीले बताएको छ। अभियुक्तलाई कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बताइएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.