ईलाम, साउन ४: सूर्योदय नगरपालिका–२ बौद्दधाम बस्ने ४८ वर्षीय केशरबहादुर मोक्तानले आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
बुधबार राती आफ्नै ५१ वर्षीया श्रीमती मनमायाँ मोक्तानको कालगतिले मृत्यु भएको भनि स्थानीयलाई खबर गरेको थियो ।
श्रीमान श्रीमतिको झगडामा केशरबहादुरले बाँसको लाठीले कुटपिट गर्दा मनमायाको मृत्यु भएको भन्ने बिहीबार खुल्न आएपछि प्रहरीले मोक्तानलाई पक्राउ गरेको हो । प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको बताएका छन् ।