श्रीमतीको हत्या गरेको अभियोगमा एक तथा अवैध लागूऔषध सहित २ गरी ३ जना पक्राउ

| 2021 Dec 06 | 05:42 pm 1105

ललितपुर, मंसिर २०ः आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुर महानगरपालिका-१० कुपण्डोल डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका-१२ गेलु घर भएका ३५ वर्षीय एक्काराज भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

उनकी श्रीमती ३५ वर्षीया जानुका भुजेल आफ्नै कोठामा मंसिर १६ गते मृत अवस्थामा फेला परेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा एक्काराजले घाँटीमा कपडाले कसी कर्तव्य गरी मारेको खुल्न आएपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको  छ ।

अवैध लागूऔषध सहित २ जना पक्राउ

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट १ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर मनहरी गाउँपालिका-९ बस्ने २२ वर्षीय सुनिल सोनार र मकवानपुर हेटौंडा महानगरपालिका-११ बस्ने आयुस बिश्वकर्मा रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय र प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट वीरगंजतर्फ आउँदै गरेका उनलाई जाँच गर्नेक्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.