श्रीमतीको मलद्वारमा आगोको अगुल्टो कोच्ने श्रीमान पक्राउ

रिपोर्ट नेपाल | 2020 Jan 26 | 07:47 pm 1884

दाङ, माघ १२: सामान्य घरायसी विवाद हुँदा आफ्नै श्रीमतको मलद्वारमा अगुल्टो कोचेर घाइते बनाउने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर १ का ६६ वर्षीय मेगबहादुर सार्की रहेको प्रहरीले जानकारी दिएको छ ।

सार्कीले श्रीमतीसँग विवाद हुँदा आगोको अगुल्टो मलद्धारमा कोचेर घाइते बनाएपछि लमही वडा प्रहरी कार्याललयले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार श्रीमती सोदीको अवस्था गम्भीर रहेको बताइएको छ ।

उनको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठा घोराही लगिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.