श्रमिकलाई सेवा दिने तयारी

रिपोर्ट नेपाल | 2022 May 21 | 08:40 am 1169

काठमाडौँ, जेठ ८ः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सेवा दिने तयारी थालेको छ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली शुक्रबार भैरहवा गएर आवश्यक प्रबन्ध गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

श्रम मन्त्रालयका अनुसार भैरहवामा वैदेशिक रोजगारीसम्बन्धी कार्यालयका साथै वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीका शाखा, अभिमुखीकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाको छिट्टै विस्तार गर्ने योजना छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले कुवेत–भैरहवा व्यावसायिक उडान सुरु गरिसकेको छ । खाडीका अन्य श्रम गन्तव्य देश साउदी र कतारबाट पनि उडान भर्ने तालिका सार्वजनिक गरिसकेको छ ।

नयाँ श्रम स्वीकृति, म्यानपावर कम्पनी र अभिमुखीकरण तालिम दिने संस्थालगायत काठमाडौँ मात्रै केन्द्रित भएकाले भैरहवा हुँदै वैदेशिक रोजगारीमा जानेहरू काठमाडाैं आउन पर्ने बाध्यता छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.