काठमाडौं, भदाै १ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले साउन २५ देखि नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एमबीबीएस पढ्नेविरुद्ध चलाएको अपरेसनमा थप एकजना एमबीबीएस पढ्दै गरेका विद्यार्थीलाई चितवनबाट पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा नमिस अख्तर रहेको प्रहरीले जनाएको छ ।
चितवनको मेडिकल कलेजमा पढ्दै गरेका अख्तरले आईएस्सीको प्रमाणपत्र किर्ते गरेको अनुसन्धानको क्रममा खुलेको छ ।
हालसम्म सिआइबीको उक्त अपरेसनमा सातजना पक्राउ परेका छन् ।