शैक्षिक ज्ञान महायज्ञमा छैटौ दिनसम्म ९८ लाख संकलन

रिपोर्ट नेपाल | 2019 Mar 06 | 09:36 pm 1855

दुलेगौंडा(तनहुँ), फागुन २२ : सहिद कृष्ण माविको शैक्षिक स्तरवृद्धि एवम् प्राविधिक शिक्षा सञ्चालनार्थ आयोजित श्रीमद् भागवत् धनधान्याञ्चल विराट शैक्षिक ज्ञान महायज्ञमा बुधबार १५ लाख ८३ हजार ४ सय १९ रुपैयाँ दान संकलन भएको छ ।

छैठौँ दिनसम्ममा कुल ९७ लाख ७४ हजार ४ सय ६५ रुपैयाँ संकलन भएको छ । शुक्लागण्डकी वडा नम्बर ११ को कार्यालयले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रदान गरेको छ । शुक्लागण्डकी क्षेत्रमा प्राविधकि शिक्षाको खाँचो रहेको भन्दै सहयोग गरेको वडाअध्यक्ष दलबहादुर थापाले बताए ।

शुनपा–४ का गजेन्द्रप्रसाद पौडेलले १ लाख ५ हजार ३ सय २१ रुपैयाँ, मोतिप्रसाद पौडेलले १ लाख १ हजार १ सय ११ रुपैयाँ, शिव पौडेल र मधु पौडेलले लाख १ हजार ३ सय ८४ रुपैयाँ, पोखरा ९ मा रहेको बतास फाउण्डेसनले १ लाख १ हजार १ सय ११ रुपैयाँ दन गरेको प्रवक्ता परशुराम भण्डारीले जानकारी दिए ।

उनका अनुसार शुक्लागण्डकी– ४ का भुमिसरा लम्साल, टिकाराम लम्साल र लक्ष्मी लम्सालले ५० हजार ५ सय ३५ रुपैयाँ, जर्मनी नागरिक कार्ल हेनिज वुल्फले ५१ हजार १ सय ११ रुपैयाँ दान गरेको छन् ।

तनहुँको शुक्लागण्डकी–३, कवासेमा अवस्थित सो विद्यालयमा भागवत रसिक युवा गुरु श्री ऋषिराम महाराज जीको प्रमुख वाचकत्वमा जारी महायज्ञ फागुन २५ गतेसम्म सञ्चालन हुनेछ ।

महायज्ञमा दैनिक नित्य पुजा एवंम पाठपारायण, चेतनामुलक झाँकीसहितको संगीतमय कथा प्रवचन, लक्ष्यवर्तीदिप प्रज्वलन, पितृ उद्धार, चौरासी पुजा, ब्रतबन्ध, ग्रहशान्ती, तुलादान, दैनिक योग शिविर समावेश गरिएको प्रवक्ता परशुराम भण्डारीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.