शेयर बजार : नेप्से बढ्यो, कारोबार घट्यो

रिपोर्ट नेपाल | 2019 Jul 30 | 04:56 pm 1923

काठमाडौं, साउन १४ :  धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । स्टकका अनुसार नेप्से परिसूचक ३.३९ अङ्कले वृद्धि भएर एक हजार २५९.३७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०३ अङ्कले बढेर २७२.१४ मा पुगेको छ । परिसूचक बढे पनि कारोवार रकम भने न्यून रह्यो । कूल १७१ कम्पनीका १० लाख १३ हजार ७९४ कित्ता शेयर रु २९ करोड ४३ लाख पाँच हजार २३ मा खरीद बिक्री भए ।

कारोवार भएका कूल १२ मध्ये चार उपसमूहको शेयर घटेको भने आठ उपसमूहको शेयर वृद्धि भएको छ । व्यापार ३.२९, उत्पादन १.४, जीवन बीमा ७.२१ र सामूहिक लगानी कोष ०.०२ विन्दुले घटेको छ । बैंकिङ २.८५, होटल ५.९९, विकास बैंक ७.३२, जलविद्युत् ३.१९, वित्त ०.६५, निर्जीवन बीमा २२.८२, अन्य १.२४ र लघुवित्त १४.७२ अङ्कले बढेको छ ।

कारोवार रकमका आधारमा सिद्धार्थ बैंकको संस्थापक शेयर आज शीर्ष स्थानमा रह्यो । सो बैंकको रु तीन करोड १६ लाख ६२ हजार ८२० मा खरीद बिक्री भयो । नेपाल बैंकको रु एक करोड ५६ लाख २३ हजार ६७९, प्रभु बैंकको रु एक कारोड ४२ लाख ६७ हजार ३२७, कृषि विकास बैंकको रु एक करोड ३६ लाख ३६ हजार ५० र नेपाल लाइफ इन्स्योरेन्सको रु एक करोड २४ लाख ८५ हजार ६५० मा कारोवार भई शीर्ष स्थानमा रहे ।

युनाइटेड इन्स्योरेन्सका शेयरधानीले ९.९९ प्रतिशतका दरले कमाए । त्यस्तै नयाँ नेपाल लघुवित्त विकास बैंक ९.९८, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ९.९३, स्पर्स लघुवित्त वित्तीय संस्था ९.८४ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ८.५५ प्रतिशतले कमाए ।

यस्तै युनियन हाइड्रोपावर लिमिटेड ६.४१, मल्टीप्रपोज फाइनान्स कम्पनी ६.४, सिद्धार्थ इन्स्योरेन्स ३.१९, गुह्वेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ३.१० र सिन्धु विकास बैंकका शेयरधनीले २.८५ प्रतिशतले गुमाए । स्टकमा आज मितेरी डेभलपमेन्ट बैंकको आठ लाख ५० हजार कित्ता र देवः विकास बैंकको १३ लाख ९३ हजार ५२४ कित्ता शेयर लाभांश सूचीकृत भएको छ । त्यसैगरी पूर्णिमा विकास बैंकको दुई लाख ६२ हजार ५१६ कित्ता शेयर लाभांशसमेत स्टकमा सूचीकृत भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.