शेयर बजार : नेप्से दोहोरो अङ्कले घट्यो

रिपोर्ट नेपाल | 2019 Sep 15 | 05:33 pm 2279

काठमाडौं, भदौ २९ : साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.८७ विन्दुले घटेर एक हजार १४०.०१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज १.५४ प्रतिशतले घटेको हो ।

यस्तै सेन्सेटिभ परिसूचक पनि ३.७९ अङ्क अर्थात् १.४९ प्रतिशतले घटेको छ । नेप्से परिसूचक दोहोरो अङ्कले घट्दा कारोवार रकम समेतमा त्यसको प्रभाव देखिएको छ । कूल १६२ कम्पनीको शेयर रु २८ करोड ८० लाख ९९ हजार ९१२ बराबरको कारोवार भयो ।

स्टकका अनुसार कारोवार भएका ११ वटै उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ १९.६९, होटल २४.२४, विकास बैंक १५.२९, जलविद्युत् १६.७४, वित्त ४.८९, निर्जीवन बीमा ५८.२५, उत्पादन २७.९३, अन्य ४.९४, लघुवित्त १९.४६, जीवन बीमा ६६.०८ र सामूहिक लगानी कोष ०.०८ विन्दुले घटेको छ ।

कारोवारका आधारमा नेपाल इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक करोड ८२ लाख ५२ हजार ३६८ कारोवार भएको हो । यस्तै नेपाल बैंक लिमिटेड रु एक करोड ७४ लाख ५१ हजार ८०४, सानिमा बैंक रु एक करोड १५ लाख दुई हजार २१४, लक्ष्मी बैंक रु ९९ लाख ३९ हजार, शिवम् सिमेन्ट रु ९३ लाख ६८ हजार ८५६, मेगा बैंक रु ९० लाख २० हजार ६८४ र रसुवागढी जलविद्युत् कम्पनीको रु ८८ लाख १२ हजार ९१० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

घटेको बजारमा रिलायन्स फाइनान्सका शेयरधनीले ३.५१ प्रतिशतले कमाउँदा सिन्धु विकास बैंक ३.२३, नविल इक्विटी फन्ड २, नेशनल लाइफ इन्सुरेन्स १.८६, एभरेष्ट इन्सुरेन्स १.७९ र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १.४५ प्रतिशतले कमाए ।

यस्तै बढी गुमाउनेमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ । सो संस्थाका शेयरधनीले ८.३८ प्रतिशतले गुमाउँदा हिमालउन ऊर्जा विकास कम्पनी ६.०८, हिमालयन जनरल इन्सुरेन्स ५.५३, दिव्यश्वरी हाइड्रोपार ५.४५, स्ट्यान्डर्ड चार्टड बैंक ५.२७, र आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.२० प्रतिशतले गुमाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.