शुरु भयो फलामे ढोकाको परीक्षा

रिपोर्ट नेपाल | 2019 Mar 24 | 07:03 am 1644

काठमाडौँ, चैत्र १० : उच्च शिक्षाका लागि अगाडि बढ्न फलामे ढोकाको रुपमा हेरीने यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई आज आइतबारदेखि शुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि हुने र पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थीले परीक्षा दिने भएका छन् ।

यस वर्षदेखि पहिलो पटक संघिय संरचनाको स्वरुपअनुसार शुरु भई यही चैत्र २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.