काठमाडौं, असार १२ः विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विभिन्न देशमा अलपत्र नेपाली नागरिकको उद्दार गर्ने क्रममा शुक्रबार एक हजार दुई सय नेपाली उद्दारबाट काठमाडौं आउँदैछन् ।
विभिन्न कार्यका लागि बहराइन, युएई, कुवेत र मलेसियामा गई समस्यामा परेका नेपाली आउन लागेका हुन् ।
सीसीएमसीका एक अधिकृतका अनुसार कुवेतबाहेक सबै मुलुकबाट शुक्रबार दुईरदुई वटा उडान हुँदैछन् । बहराइनको दुई र मलेसियाको एउटा उडान नेपाल एयरलाइन्सको जहाजमार्फत हुने बताइएको छ ।
युएईको हिमालयन र एयर अरेविया, कुवेतको जजिरा एयरलाइन्स र मलेसियाको एउटा उडान हिमालय एयरलाइन्सबाट हुँदैछ ।
उनीहरुलाई नेपाल ल्याएर काठमाडौं, भक्तपुर र ललितपुरमा राखिएका होल्डिङ सेन्टरमा लगिनेछ । त्यहाँ सेनाको व्यवस्थापनमा उनीहरुको सामान्य स्वाथ्य जाँच र विवरण लिने कार्य हुनेछ । त्यसपछि सम्बन्धित प्रदेशमा क्वारेन्टिनमा बस्ने गरी पठाइने जनाइएको छ ।